काठमाडौं । भोलि हुने जनप्रदर्शनबारे छलफल गर्न नेकपा प्रचण्ड–माधव समूहको सचिवालय बैठक पेरिसडाँडामा बस्दैछ ।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार, भोलि हुने जनप्रदर्शनबारे छलफल गर्न सचिवालय बैठक बोलाइएको हो । बैठक केहीबेर पछि बस्ने उनले बताए
यो समूहले राजधानीमा बृहत जनसभा गर्दैछ । संसद् पुनर्स्थापनाको मागसहित तेस्रो चरणको आन्दोलनमा रहेको यो समूहले भोलिको जनप्रदर्शनलाई सशक्त बनाउने तयारी गरेको छ ।
जनप्रदर्शनमा राजधानी उपत्यका र बागमती प्रदेशलाई बढी जोड दिएर देशभरबाट प्रतिनिधिमुलुक सहभागिता गराउने तयारी गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २७ माघ २०७७, १३ : १२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ओली सरकारविरूद्ध सडकमा उत्रियो माओवादी (तस्बिरहरु)
आजपाले काठमाडौंमा जनप्रदर्शन गर्ने