काठमाण्डौ । राष्ट्र र नागरिकको हितलाई केन्द्रमा राखेर सर्वपक्षीय छलफलमा जुट्न आग्रह गदै आएको नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल सोमबार दिल्ली प्रस्थान गरेका छन् ।
भारतीय सांसदहरुको निमन्त्रणमा तीन दिने भारत भ्रमणमा निस्कीएका ढकालले दिल्लीमा रहदाँ भारतीय जनता पाटीका नेताहरु तथा सरकारका उच्च पदस्थ अधिकारीहरुलाई भेटने कार्यक्रम रहेको भ्रमण दलमा सहभागि दलका प्रवता सन्तोष कुमार पौडेलले जानकारी दिए ।
अन्तराष्ट्रिय सांसदहरुको मन्चको एशिया प्रसान्त क्षेत्रका संयोजक समेत रहेका ढकालले भविष्यमा हुन सक्ने सम्भावित राजनीतिक अस्थिरताको आकलन गरी वर्तमानमा नै विवेकपूर्ण र दूरदर्शी निर्णय गर्न देशका सबै जिम्मेवार राजनीतिक दल तथा नेतृत्वलाई आग्रह गदै आएका छन् ।
ढकालले प्रतिनिधी सभाको विघटनको बिषयमा देशका राजनैतिक दलहरु तथा नागरिकहरुका बीच तिब्र ध्रुविकरण भएर संरकारको समर्थन र बिरोधमा ब्यापक प्रर्दशन भईरेको बेला अध्यक्ष ढकालको भारत भ्रमणलाई मह्त्वको साथ हेरिएको छ ।
हुनत अध्यक्ष ढकाल देशका सबै राजनीतिक दलहरु राम्रो सम्बन्ध भएका नेता मानिन्छ खासगरी प्रधानमन्त्री ओली र माधव नेपाल दुबै सँग ढकालको निकट सम्बन्ध रहेको छ । ढकाल बिहिबार स्वदेश फर्कने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ माघ २०७७, ११ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समृद्धिको अनुभूति दिलाउने गरी सरकार क्रियाशील हुनुपर्छ : पूर्वमन्त्री साउद
कोशीका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ
सिङ्गापुरका पूर्वमन्त्रीमाथि भ्रष्टाचारकाे आरोपः सुनाइयो एक वर्षको जेल सजाय
विकास निर्माणसँग जोडिएका कानुनमा परिवर्तन आवश्यक छ : प्रकाश ज्वाला