एजेन्सी । मोबाइल नम्बरले हाम्रो भाग्यमा प्रभापित गर्छ, यो कुरा सुन्दा कतिलाई विश्वास लाग्ला त कतिलाई यो वाहियात पनि लाग्न सक्छ । जसरी ग्रह नक्षत्रको प्रभाव हामीमाथि पर्छ ठिक त्यसरी नै अंकले पनि हाम्रो व्यक्तित्प र भाग्यलाई प्रभावित पार्ने अंकशास्त्रको मान्यता छ ।अंकशास्त्रका अनुसार यदि मोबाइल नम्बरमा सबैभन्दा धेरै ८ नम्बर छ भने यो शुभ मानिँदैन । यसका कारण तपाईंले बारम्बर आलोचनाको सामना गर्नुपर्छ भने तपाईंको खर्चमा पनि वृद्धि हुन्छ ।
अंक ९ असाध्यै शुभ मानिन्छ । यो अंक मोबाइल नम्बरमा सबैभन्दा धेरै हुँदा भाग्य बलियो हुन्छ । यसले धनवृद्धिमा मद्दत गर्छन भने तपाईंलाई परोपककारी र ज्ञानी भएको सूचक मानिन्छ । विद्यार्थी, लेखक, दार्शनिक एवं रचनात्मक व्यक्तिका लागि यो अंक विशेष लाभदायी हुन्छ । तर तपाईं ९ नम्बरलाई भाग्यशाली मानेर यसकै पछाडि दौडनुपर्छ भन्ने पनि छैन ।
यो पनि ध्यानमा राख्नुहोस् कि तपाईं कुन क्षेत्रसँग जोडिएको हुनुहुन्छ । यदि तपाईं गायक, सङ्गीतकार, चित्रकार अथवा कुनै अन्य कलासँग सम्बन्धित हुनुहुन्छ भने अंक ३ वा ४ बढी भएको मोबाइल नम्बर छान्न सक्नुहुन्छ ।
खेल जगत्, प्रहरी एवं सेनासँग सम्बन्धित भएका व्यक्तिका लागि ६, ७ र २ अंक शुभ मानिन्छ । राजनीति र शिक्षण क्षेत्रसँग जोडिएका व्यक्तिका लागि ४ र ३ अंक शुभ र फलदायी मानिन्छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २४ माघ २०७७, १३ : ३९
लेखकबाट थप