डिस होमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, १४ : ५१
डिस होमको रियालिटी टिभीमा चम्सुरीसँग चिया गफ

काठमाण्डौं । डिसहोमको रियालिटी च्यानल १०२ मा आजदेखि हरेक शुक्रबार ‘चम्सुरीसँग चिया गफ’ कार्यक्रम प्रसारण हुने भएको छ । 
कार्यक्रम सातामा एक दिन हरेक शुक्रबार साँझ ७ः३० बजे प्रसारण हुनेछ ।

कार्यक्रमको सञ्चालन ‘चम्सुरी’ उपनामले प्रख्यात हाँस्य कलाकार पल्पसा डंगोलले गर्नेछिन् । उनी विगत १५ वर्षदेखि हाँस्यकलाकारितामा सक्रिय छिन् ।

बिणभ क्रियशनद्वारा निर्माण र सञ्चारकर्मी तथा सिने निर्देशक समीर जोशीको निर्देशनमा ख्याति प्राप्त कलाकारसँग तिठामीठा ,रमाइलो र घोचपेच गफगाफ चियाको चुस्किको साथमा हुनेछ । 

प्रतिक्रिया दिनुहोस