सभामुख सापकोटा संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै रिट लिएर सर्वोच्चमा

सफल खबर संवाददाता

शुक्रबार, २३ माघ २०७७, ११ : ५०
सभामुख सापकोटा संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै रिट लिएर सर्वोच्चमा

काठमाडौं । संवैधानिक आयोगमा नियुक्ति बदरको माग गर्दै सभामुख अग्नि सापकोटाले सर्वोच्च अदालतमा रिट दर्ता गर्ने भएका छन् ।

सापकोटाका प्रेस संयोजक श्रीधर न्यौपानले रिट लिएर सभामुख सर्वोच्च अदालतमा पुगेको जानकारी दिए। रिट दर्ता भने भैसकेको छैन।

सभामुख सापकोटाले यसअघि नै प्रधानमन्त्रीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश गैरसंवैधानिक भएको टिप्पणी गरेका थिए।

उनले संवैधानिक अंगका प्रमुख र सदस्यहरूको सपथ ग्रहण समेत बहिष्कार गरेका थिए। संसदीय सुनुवाइका लागि संसद सचिवालयमा दर्ता भएको 

संवैधानिक परिषद्को पत्र सहितका विवरण समेत समिति नभएको उल्लेख गर्दै उनले फिर्ता गरिदिएका थिए।

प्रतिक्रिया दिनुहोस