काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड माधवकुमार नेपाल समूहको नेकपाले आमहड्ताल गर्ने क्रममा पक्राउ परेका सबैनेताहरु रिहा गर्न माग गरेको छ । बिहीबारको देशव्यापी आमहड्ताल शान्तिपूर्ण रहे पनि सरकार तर्सिएर नेताहरुलाई पक्राउ गरेको उक्त समूहको ठहर छ ।
“शान्तिपूर्ण आन्दोलनबाट तर्सेको सरकारले बिहानै काठमाडौंबाट हाम्रो पार्टीका स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य, केन्द्रीय कमिटी सदस्य हितमान शाक्य, विजय पौडेल, अमता थापा, कृष्ण केसी, तनहुँबाट प्रतापलाल श्रेष्ठका साथै देशभरका सयौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ भने जनकपुरमा शान्तिपूर्ण जुलुशमाथि प्रहार गरी स्थायी कमिटी सदस्य कमरेड मात्रिका यादव र केन्द्रीय कमिटी सदस्य कमरेड रामचन्द्र झालगायतलाई सख्त घाइते बनाएको छ । सरकारको यस दमनकारी, निरंकुश र कायर हर्कतको हाम्रो पार्टी घोर भर्त्सना गर्दै गिरफ्तार नेताहरूलाई अविलम्ब रिहा गर्न माग गर्दछ,“ प्रवक्ता नारायणकाजी श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“आम हड्तालमा प्राप्त जनसमर्थनले हामीलाई उत्साहित बनाएको छ र संघर्षका माध्यमबाट हरहालतमा यस प्रतिगामी कदमलाई परास्त गर्ने ऊर्जा प्रदान गरेको छ । शान्तिपूर्ण आन्दोलनमार्फत वर्तमान सरकारका प्रतिगामी कदमहरूलाई पराजित गर्नका लागि आम जनसमुदायलाई आन्दोलनमा गोलबन्द हुन हाम्रो पार्टी अपिल गर्दछ,“ विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २२ माघ २०७७, १८ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
क्रान्तिकारी ध्रुवीकरणलाई तीव्रता दिने नेकपाको निर्णय
विप्लव नेकपाका नेता कार्यकर्ता माओवादी केन्द्रमा समाहित
एकीकृत समाजवादीले काँग्रेस-एमालेबाहेक विपक्षी दलसँग चुनावी गठबन्धन गर्ने
नेकपा एकीकृत समाजवादीले अहिलेको पदाधिकारीलाई नै स्थायी कमिटी बनाउने
‘कांग्रेस–एमालेबाट परिवर्तनलाई उल्ट्याउने षड्यन्त्र हुनसक्छ’
नेकपा स्थापनाको ७५ वर्ष पूरा, आज हीरक महोत्सव