आज साँझ ६ बजेपछि आम हड्ताल फिर्ता

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १४ : २२
आज साँझ ६ बजेपछि आम हड्ताल फिर्ता

काठमाडौं । आम हड्ताल आज साँझ ६ बजेपछि फिर्ता हुने भएको छ । प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आम हड्ताल फिर्ता हुने संघर्ष समितिका संयोजक तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । 

संवैधानिक आयोगमा नियुक्त गरिएको विरोधमा प्रचण्ड माधव समूहको नेकपाले आज एकदिने आम हड्तालको घोषणा गरेको थियो। आम हड्तालको क्रममा ठाउँठाउँमा झडपहरु भएका छन् भने केही ठाउँमा गाडीहरु तोडफोड भएका छन् । 

प्रतिक्रिया दिनुहोस