सडकमै भात पकाए आन्दोलनकारीले

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, १३ : १९
सडकमै भात पकाए आन्दोलनकारीले

काठमाडौं । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोधमा नेपाल बन्द आहृवान गरेको प्रचण्ड माधव समूहका कार्यकर्ताले सडकमै भात पकाएका छन् ।

कोटेश्वर चोकमा बिहानैदेखि जम्मा भएका प्रदर्शनकारीले सडकमै भात पकाएका हुन् । ‘क्याटरिङबाट भाडा ल्याएर सडकमै खाना पकाएर खाएका हौं,’ केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दिपशिखा’ले बताए ।

उनका अनुसार करिव ४र५ सय मानिसले खाना खाएका छन् ।

प्रतिक्रिया दिनुहोस