एकजुट भएर प्रदेशको विकासमा लाग्नुपर्ने : मुख्यमन्त्री राई

मंगलबार, ०६ चैत्र २०७४, १९ : ५५
एकजुट भएर प्रदेशको विकासमा लाग्नुपर्ने  : मुख्यमन्त्री राई

फाइल फोटो

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले १ नं प्रदेशलाई नमूना प्रदेश बनाउन सबैको सहयोग आवश्यक रहेको बताउनुभएको छ ।
स्व गिरिजाप्रसाद कोइरालाको आठौँ पुण्यतिथिका अवसरमा आज आयोजित विचार गोष्ठीमा उहाँले राजनीतिक विचारभन्दा माथि उठेर प्रदेशको आर्थिक विकासका लागि एकजुट भई अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
मुख्यमन्त्री राईले स्व कोइरालाको अगुवाइमा मुलुकमा ठूलो राजनीतिक उपलब्धि हासिल भएको चर्चा गर्नुहँुदै स्व कोइरालाको सम्झनामा स्थापना गरिने संग्रहालयका लागि प्रदेश सरकार सदैव सहयोगी हुने बताउनुभयो । उहाँले सबै दलको सहमतिमा प्रदेशको स्थायी राजधानी तथा नामाकरण गरिने जानकारी दिनुभयो ।
नेपाली काँग्रेसका नेता डा मीनेन्द्र रिजालले प्रदेशको समग्र विकासका लागि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गिरिजाप्रसाद कोइराला फाउण्डेशनकी अध्यक्ष सुजाता कोइरालाले नेपालको राजनीतिमा स्व कोइराला गर्नुभएको योगदानको चर्चा गर्नुभयो ।
प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्की, काँग्रेस प्रदेश संसदीय दलका नेता राजीव कोइरालाल र विराटनगर महानगरपालिकाका उपप्रमुख इन्दिरा कार्कीले स्व कोइरालाको योगदानको चर्चा गर्नुभयो । सो अवसर गिरिजाप्रसाद कोइरालाको विषयमा वृत्तचित्र प्रदर्शनीसमेत गरिएको थियो ।रासस

 

प्रतिक्रिया दिनुहोस