आमहड्तालमा घुसपैठ भएको प्रचण्ड–नेपाल पक्षको दावी

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, ०९ : ४४
आमहड्तालमा घुसपैठ भएको प्रचण्ड–नेपाल पक्षको दावी

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आयोजित आमहड्तालको क्रममा घुसपैठ भएको दावी गरेको छ ।   सो समूहका राष्ट्रिय युवा संघका संयोजक दीपशीखाले गोंगबुमा भएको ट्याक्सीमा भएको आगजनीमा आन्दोलनकारीको संलग्नता नरहेको भन्दै घुसपैठ भएको दावी गरेका छन् । 

‘यो आयोजकका तर्फबाट गरिएको होइन । आगजनी वा तोडफोड गर्ने कुनै नीति रहेको छैन । आन्दोलनलाई अराजक देखाउने सरकारी घुसपैठको चरम नमुना’ उनले भने । बिहानै अज्ञात समूहबाट गोंगबुमा ट्याक्सीमा आगजनी भएको थियो भने सो आगजनीको विषयलाई लिएर सामाजिक सञ्जालमा कडा आलोचना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस