आज प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्ताल

सफल खबर संवाददाता

विहीबार, २२ माघ २०७७, ०७ : १८
आज प्रचण्ड–नेपाल पक्षको देशव्यापी आमहड्ताल

नेकपा प्रचण्ड–नेपाल पक्षले बिहीबार देशव्यापी आमहड्तालको घोषणा गरेको छ । प्रचण्ड नेपाल पक्षको केन्द्रीय संघर्ष समितिले बुधबार पत्रकार सम्मेलन गर्दै देशव्यापी आमहड्तालको घोषणा गरेको हो ।

नेकपा प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको आमहड्तालका कारण जनजीवन प्रभावित बनेको छ । राजधानीका चक्रमथ क्षेत्रमा बिहानको समयमा सार्वजनिक यातायातका साधन केही चलेपनि भित्रि सडकहरुमा चलेका छैनन् । यस्तै बजार, शिक्षण, संस्था पसल व्यवसायलगायत ठप्पप्रायः छ । 

तर, एम्बुलेन्स, दूध बोक्ने गाडी, प्रेस, शवबहान, परीक्षामा सहभागी हुने विद्यार्थीका सवारीसाधन निर्वाध रुपमा सञ्चालन भएका छन् । 

बन्दकर्ताले गर्नसक्ने उच्छृंखल गतिविधिलाई रोक्न चोकचोकमा नेपाल प्रहरी र सुरक्षाकर्मी परिचालन गरिएको छ भने गृहमन्त्रालयले सुरक्षा व्यवस्था चुस्त पारिएको भन्दै आफ्नो व्यापार व्यवसाय सञ्चालन गर्न बुधबारनै विज्ञप्तिमार्फत आह्वान गरेको थियो ।

तर, पनि राजधानीमा छिटपुटरुपमा यातायात चलेपछि राजधानीबाहिर प्रभाव धेरै परेको छ ।

प्रतिक्रिया दिनुहोस