मुस्लिम समुदायको हकहितको निम्ति सामुहिक रुपले काम गर्छु: अन्सारी

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १३ : ३१
मुस्लिम समुदायको हकहितको निम्ति सामुहिक रुपले काम गर्छु: अन्सारी

काठमाडौं । राष्ट्रिय मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीले मुस्लिम समुदायको हकहित र अधिकारको निम्ति सामुहिक रुपले काम गर्ने प्रतिबद्दता व्यक्त गरेका छन्  ।

बुधबार राष्ट्रिय मुस्लिम आयोगका नवनियुक्त दुई सदस्यलाई कार्यालयमा स्वागत गर्दै अध्यक्ष अन्सारीले संविधानमा उल्लेख गरेअनुरुपको मुस्लिम आयोगको उद्देश्य पुरा गर्न तथा मुस्लिम समुदायको हकहित, अधिकार र सशक्तिकरणका लागि सामुहिक रुपमा काम गर्ने प्रतिबद्दता व्यक्त गरेका हुन् ।

 लामो समयदेखि मुस्लिम समुदायको हकहितको निम्ति काम गर्नेहरु आयोगको सदस्य भएर आएको भन्दै उनले आगामी दिनमा मुस्लिम समुदायको हितमा बढीभन्दा बढी काम गर्ने बताए ।

बुधबार बिभिन्न संवैधानिक निकायका सदस्यहरुले सपथ ग्रहण गरेसँगै आ–आफ्नो कार्यालयमा उपस्थित भएका छन् । मुस्लिम समुदायको उत्थान र विकासको निम्ति मुस्लिम आयोगको वर्तमान समुहले अझ बढी काम गर्ने अध्यक्ष अन्सारीको भनाई छ । 

प्रतिक्रिया दिनुहोस