अख्तियारमा नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हाले

सफल खबर संवाददाता

बुधबार, २१ माघ २०७७, १३ : ०२
अख्तियारमा  नवनियुक्त प्रमुख आयुक्त राईले कार्यभार सम्हाले

काठमाडौं ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका नवनियुक्त प्रमुख आयुक्त प्रेमकुमार राईले कार्यभार सम्हालेका छन् ।

राष्ट्रपति कार्यालय, शितलनिवासमा सपथ ग्रहण गरेलगत्तै टंगालस्थित कार्यालयमा आएर उनले कार्यभार सम्हालेका हुन् । राईसँगै आयुक्त किशोरकुमार सिलवाल र जयबहादुर चन्दले पनि कार्यभार सम्हालेका छन् ।

अख्तियारका कर्मचारीहरुले राईसहितका अन्य आयुक्तहरुलाई स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस