संबिधानको रक्षाका लागि काँग्रेस सडकमा आएको हो : श्रेष्ठ

सफल खबर संवाददाता

सोमबार, १९ माघ २०७७, १७ : ४२
संबिधानको रक्षाका लागि काँग्रेस सडकमा आएको हो : श्रेष्ठ

चितवन । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले काँग्रेस निर्वाचन संग नडराएको बताएका छन् । नेपाली काँग्रेसका भातृ संस्थाहरुले आज यहाँ आयोजना गरेको बिरोध सभालाई सम्बोधन गर्दै उनले काँग्रेस निर्वाचन संग डराएर नभई संबिधानको रक्षाका लागि सडकमा आएको बताएका हुन् । अहिले संसद पुर्नस्थापनाको बिकल्प नरहेको भन्दै उनले अब संसद पुनस्थापना पछि काँग्रेसको नेतृत्वमा वनेको सरकारले मात्र निर्वाचन गराउने बताए ।

अहिले सरकारले अधिनायकबाद लाद्न खोजेको भन्दै उनले सरकारले संसद भंग गरेर आफ्नो अधिनायकबाद लाद्न खोजेको र यो कहिले सच्चिने हो ? भनेर अदालतलाई प्रश्न गर्नुभयो । काँग्रेस संसद पुर्नस्थापना नभए सम्म सडकमा रहने बताउँदै उनले प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन गर्न संसद भंग नगरेको आरोप लगाए । उनले भने “ओली सरकारले आफ्नो अधिनायकबाद लाद्नका लागि संसद भंग गरेका हुन । यसलाई जनताले सच्याउने छन् ।”

उनले प्रधानमन्त्री ओलीललाई कमेडी च्याम्पीयनको संज्ञा समेत दिए । सभापती श्रेष्ठले थप्नुभयो “प्रधानमन्त्री ओली जी अव प्रधानमन्त्री होइन कमेडी च्याम्यिन हो ।” ओजीललाई अहिले जनतामा माझ जान समेत डर हुन थालेको उनकोे भनाई थियो ।

बिरोध सभामा नेपाल महिला संघ चितवनकी अध्यक्ष पार्वती शाह ठकुरी, नेपाल बिद्यार्थी संघ चितवनका अध्यक्ष सूर्य ढकाल, नेपाल दलित संघ चितवनकी अध्यक्ष शान्ति परियार , आदिवासी जनजाती संघ चितवनका कार्यवहाक अध्यक्ष राजकुमार श्रेष्ठ लगाएतले बोल्नु भएको थियो । नेपाल तरुणदल चितवनका अध्यक्ष राजन ताम्राकारको अध्यक्षतामा सम्पन्न सभा सुरु हुनु अघि सदरमुकामका बिभिन्न स्थानबाट बिरोध जुलुश निस्किएको थियो ।

माघ २४ गते प्रदर्शन गर्ने 

नेपाली काँग्रेसका शुभेच्छुक संघ संस्थाहरुले चितवनमा माघ २४ गते प्रदर्शन गर्ने भएका छन् । आज काँग्रेस पार्टीकार्यलय कमलनगरमा वसेको शुभेच्छुक संघ संस्थाहरुको बैठकले २४ गते शनिवार दिनको १ वजे बिरोध प्रदर्शन गर्ने निर्णय गरेको हो । काँग्रेसको केन्द्रिय कार्यक्रम अन्तर्गत रही माघ २४ गते भरतपुरको चौबिसकोठीमा बिरोध प्रदर्शन गर्ने निर्णय भएको हो ।

शुभेच्छुक संस्थाका संयोजक शालिग्राम शर्मा पौडेलका अनुसार बिरोध प्रदर्शन अघि भरतपुरको मालपोतचोक, हाकीमचोक र बिरेन्द्र क्याम्पस अगाडीबाट प्लेकाड सहितको प्रदर्शनका लागि ¥यालि निकालीने छ । सरकारले गरेको संसद बिघठन असंबैधानिक रहेको भन्दै काँग्रेसले आफ्ना भातृ संस्था, शुभेच्छुक संस्था र बिभिन्न तहमा आन्दोलन गर्दै आएको छ । 
 

प्रतिक्रिया दिनुहोस