कारागार सुधार योजना ल्याउने गृहमन्त्री थापाको प्रतिबद्धता

मंगलबार, ०६ चैत्र २०७४, १२ : २३
कारागार सुधार योजना ल्याउने गृहमन्त्री थापाको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले मंगलबार बिहान सुधानधारस्थित केन्द्रीय कारागार र डिल्लाबजर सदर खोरको अवलोकन गरेका छन् । अवलोकनका क्रममा उनले सुधार गर्ने प्रतिबद्धता जनाए ।

गृहमन्त्री भएपछि उनी पहिलोपटक जेलको अवस्थाबारे बुझ्न त्यहाँ पुगेका हुन् । सेन्ट्रल जेलमा गोलघरसहित चारवटै कारागारको अवलोकनपछि गृहमन्त्री थापाले सरकारले तीन चार महिनाभित्र देशैभरका जेल सुधारका लागि ठोस कार्यक्रम ल्याउने बताए ।

जेल प्रशासनले भौतिक संरचना धेरै पुरानो भएको, क्षमताभन्दा बढी कैदीबन्दी राख्नु परेको, खुला ठाउँको अभाव रहेको भन्दै सुधारका लागि ध्यानाकर्षण गराएको छ । एक सय चार वर्ष पहिलो बनेको सेन्ट्रल जेलमा क्षमता भन्दा चार गुणा बढी कैदीबन्दी राखिएको छ । सात सय ५० जना क्षमताको जेलमा अहिले दुई हजार ६ सय ९६ जना कैदीबन्दी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस