कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

सफल खबर संवाददाता

शुक्रबार, १६ माघ २०७७, ११ : ४४
कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न

काठमाडौं । कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको तालिम सम्पन्न भएको छ । बीमा समितिबाट यही मंसीर १५ गते जारी कृर्षि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम आइएमई जनरल इन्स्योरेन्स लिमिटेडद्वारा माघ ११ देखि १४ गते सम्म कृषि तथा पशुपन्छी बीमा अभिकर्ताको रुपमा कम्पनीसँग आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिहरुको लागि  बीमा अभिकर्ताको तालिम सम्पन्न भएको हो ।

उक्त तालिम पश्चात कम्पनीसँग आवद्ध भई कार्य गर्ने बीमा अभिकर्ताहरुले कम्पनी र ग्राहकहरु बीच आफ्नो योग्यता तथा कम्पनीबाट प्राप्त ज्ञानको आधारमा बीमा कम्पनी र ग्राहकहरुको बीचमा राम्रो भूमिका खेली सेतुको रुपमा काम गर्ने अपेक्षा कम्पनीले लिएको छ ।

उक्त तालिममा देश भरका ८० जना व्यक्तिहरुको उत्सहाजनक सहभागिता रहेको थियो । यसबाट बीमा समितिले निर्देशन गरे बमोजिम कृषि तथा पशुपन्छी बीमामा उल्लेख्य रुपमा वृद्धि भई ग्राहक महानुभावहरुले सहज रुपमा बीमा सेवा प्राप्त गर्ने अपेक्षा कम्पनीले लिएको छ ।
 

प्रतिक्रिया दिनुहोस