काठमाडौंँ । नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रलाई उल्ट्याउन कम्युनिस्ट पार्टी भित्रै घुसेका ‘सामन्ती’हरु लागिरहेको बताएका छन् ।
सोमबार कोटेश्वरस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सामन्ती, निरंकुशता, प्रतिगमन र अराजकतातिर देशलाई धकेल्न षड्यन्त्रविरुद्ध देशव्यापी रुपमा आन्दोलन भइरहेको भन्दै त्यसलाई परास्त गरेरमात्रै विश्राम लिने बताए ।
सो क्रममा उनले प्रदेश नम्बर २ का जनताले यसअघि भएका आन्दोलनमा अग्रसरता देखाएकोमा आभार व्यक्त गरे । ‘यो सन्देश देशभरी गएको छ । प्रतिगमनलाई हरहालतमा परास्त गर्नैपर्छ । नेपाल र नेपाली जनताका लागि । उत्पीडित आदिवासी सवै किसिमका जनताको संघर्ष हो । जसरी गणतन्त्रलाई स्थापित गरिएको छ यसलाई उल्टाउने कम्युनिस्ट पार्टीभित्र घुसेका सामन्तीहरुले गरेका हुन्,’ उनले भने ।
प्रचण्डले पार्टी एकता गर्दा एक नम्बर र दुई नम्बर अध्यक्ष नभनिएको भन्दै प्रधानमन्त्री पनि आलोपालो गर्ने भनेर सहमति भएको बताए । ‘तर ओलीजीले त्यो सहमति तोड्नुभएपछि समस्या आएको हो । अब अहिले माधवजी र म अध्यक्ष भएका छौँ हामी दुवै बराबरी छौ ।
अहिले आलोपालो बैठकको अध्यक्षता गर्छौँ । हामी अहिले जसले बैठकको अध्यक्षता गर्छौँ उही एक नम्बर हुन्छौँ । माधवजीलले बैठकको अध्यक्षता गर्दा उहाँ एक नम्बर मैले गर्दा म’, प्रचण्डको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ माघ २०७७, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माधव नेपालको पार्टीले सरकारलाई ज्ञापनपत्र बुझाउने
‘विप्लव’ नेतृत्वको नेकपाद्वारा भूकम्पले पुर्याएको क्षतिप्रति दुःख व्यक्त
माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी
विप्लव’ नेतृत्वको नेकपाले २०८४ को निर्वाचनमा भाग लिने