सर्वोच्च अदालतमा ‘नेकपा’ नाम विरुद्धको रिटको सुनुवाइ आजपनि स्थगित

सफल खबर संवाददाता

मंगलबार, ०६ माघ २०७७, १२ : १९
सर्वोच्च अदालतमा ‘नेकपा’ नाम विरुद्धको रिटको सुनुवाइ आजपनि स्थगित

काठमाडौँ । सर्वोच्च अदालतमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नामविरूद्ध  दायर रिटको सुनुवाइ आज पनि स्थगित भएको छ । 

सरकारी वकिलले सुनुवाई शुरु नहुँदै स्थगनको माग गरेपछि न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले उक्त पेशी स्थगित गरेको हो । नेकपा नामको विवादको पेशी आजलाई तोकिएके थियो । 

तत्कालीन नेकपा (एमाले) र (नेकपा माओवादी केन्द्र) बीच एकीकरण भएर तीन वर्षअघि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि उक्त नाममा कट्टेल अध्यक्ष रहेको नेकपाले विवाद गरेको थियो । नेकपाले आफ्नो नाममा अर्को पक्षलाई बैधता दिएको भन्दै निर्वाचन आयोग र सत्तारूढ नेकपाविरूद्ध सर्वोच्चमा रिट दायर गरेको थियो ।

२०७५ मंसिर २१ गते दायर भएको यो रिटमा सर्वोच्चले २०७५ मंसिर २५ गते कारण देखाउ आदेश दिएको थियो। त्यसयता पटकपटक पेशी तोकिए पनि अन्तिम समयमा स्थगित हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस