नेपालगन्जमा पक्की सडक र नाला निर्माण

सोमबार, ०५ चैत्र २०७४, ०९ : १८
नेपालगन्जमा पक्की सडक र नाला निर्माण

नेपालगन्ज । नेपालगन्जमा सडक र सतही नाला व्यवस्थापनको काम दोस्रो चरणमा प्रवेश गरेको छ ।

एकीकृत शहरी विकास आयोजना र क्षेत्रीय शहरी विकास आयोजनाले पहिलो चरणमा बाँकी रहेका नेपालगन्ज बजार क्षेत्रका सडक अहिले धमाधम कालोपत्र गरिरहेको छ । क्षेत्रीय शहरी विकास आयोजनाअन्तर्गत नगर क्षेत्रका ३६ किलोमिटर सडक कालोपत्र र सतही नाला निर्माण भइरहेको इन्जिनियर शैलेन्द्र महर्जनले जानकारी दिनुभयो ।

कम्तीमा ६ देखि १२ मिटरसम्म चौडाइको पक्की सडक निर्माण भइरहेको उहाँले बताउनुभयो । आयोजनाअन्तर्गत झण्डै रु एक अर्ब ६४ करोडको लागतमा सडक र नाला निर्माणको जिम्मा कालिका, जेटटिएसजे÷जेबीलाई दिइएको छ । अहिले नेपालगन्जको सदरलाइन बजार क्षेत्र चौडा बनाउन स्थानीयवासीले धमाधम आप्mनो घर तथा संरचना भत्काइरहेका छन् । (रासस)

प्रतिक्रिया दिनुहोस