परराष्ट्रमन्त्री  ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथबीच भेटवार्ता, ‘नागरिकबाट अघि बढेको सम्बन्ध, सरकारसँगमात्र सीमित छैन’

सफल खबर संवाददाता

शनिबार, ०३ माघ २०७७, १५ : १६
परराष्ट्रमन्त्री  ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथबीच भेटवार्ता, ‘नागरिकबाट अघि बढेको सम्बन्ध, सरकारसँगमात्र सीमित छैन’

काठमाडौं । नेपालका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय रक्षामन्त्री राजनाथ सिंहबीच भेटवार्ता भएको छ। ज्ञवालीसँग भएको भेटबारे जानकारी दिँदै रक्षामन्त्री सिंहले नेपालसँगको सम्बन्ध नागरिकबाट अघि बढेको बताएका छन् । 

उनले दुबै देवको सम्बन्ध सरकारबीच मात्रै सीमित नभएको र नागरिकस्तरमा पनि रहेको बताएका छन्। उनले ट्वीट गर्दै दुवै देशको सम्बन्ध दुई देशका नागरिकबाट अघि बढेको बताएका छन्।

भारतको औपचारिक भ्रमणमा रहेका ज्ञवालीले शनिवार बिहान सिंहसँग भेटेका हुन्। दुवै पक्षबीच भएको छलफलका क्रममा नेपालको तर्फबाट परराष्ट्रसचिव भरतराज पौड्याल र भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य उपस्थित थिए। 

प्रतिक्रिया दिनुहोस