काठमाडौं । मलेसियामा कोरोनाभाइरसबाट एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले बिहीबार दिएको जानकारी अनुसार एकैदिनमा तीन हजार ३३७ जना सङ्क्रमित भएका हुन् ।
यो सङ्ख्या महामारी सुरु भएदेखिकै सवैभन्दा धेरै भएको उनीहरुले जनाएका छन् । मलेसियामा कोरोनाका कारण अहिलेसम्म एक लाख ४७ हजार ८५५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका महानिर्देशक नुर हिशाम अब्दुल्लाहद्वारा जारी प्रेस वक्तव्यमा एकैदिनमा सङ्क्रमितमध्ये तीन हजार ३३० जना स्वदेश भित्रै एक अर्कामा सरेर सङ्क्रमित भएको उल्लेख गरिएको छ ।
उहाँले कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये १५ जनाको मृत्यु भएको पनि जानकारी दिनुभयो । योसँगै मलेसियामा कोरोनाबाट अहिलेसम्म ५७८ जनाको मृत्यु भएको छ । मलेसियामा अहिलेपनि ३३ हजार ९८९ जना सङ्क्रमित अवस्थामै रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०१ माघ २०७७, २० : ०५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारत र मलेसियाका लागि राजदूत नियुक्त
मलेसिया सरकारले बढायो श्रमिकको पारिश्रमिक
मलेसियामा दुर्घटनामा परी रौतहटका एक युवकको मृत्यु
मलेसियाको सर्वोच्च अदालतबाट राज्यले बनाएको एक दर्जन सरिया कानुन खारेज
मलेसिया जाने घटे, यस्तो छ कारण
राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान