सुख र शान्तिका लागि लुम्बिनी : मन्त्री ढकाल

रासस

बुधबार, २९ पुस २०७७, २१ : ०५
सुख र शान्तिका लागि लुम्बिनी : मन्त्री ढकाल

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आज साँझ शाक्यमुनि बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुभएको छ ।

भ्रमणका क्रममा उहाँले निर्माणाधीन अन्तरराष्ट्रिय बौद्ध तथा ध्यान केन्द्रको निरीक्षण गर्नाका साथै केन्द्रीय नहरमा डुङ्गा शयरपछि आमा मायादेवी मन्दिरमा पुगी पूजासमेत गर्नुभएको थियो ।

राष्ट्रियसभामा नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का प्रमुख सचेतक खिमलाल भट्टराई, लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय, कोषका कार्यसमिति सदस्य श्रीराम यादव र  राजेश ज्ञवाली, काउन्सिल सदस्य इन्साफ अलि, सदस्य सचिव सानुराजा शाक्यसहित  पुष्करिणी, शान्ति दीपलगायतको निरीक्षणपनि मन्त्री ढकालले भन्नुभयो, “लुम्बिनी आउँदा सुख र शान्ति प्राप्त हुन्छ । आनन्द अनुभूति भइरहेको छ । “

मन्त्री ढकालले  कोषले गरेका कामप्रति सन्तोष व्यक्त गर्दै  विश्वशान्ति अभियानमा लुम्बिनी र यस क्षेत्रको योगदान रहने विश्वास व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस