मकवानपुर । विश्वव्यापी महामारी कोभिड १९ का कारण विदेशमा निधन भएका मकवानपुरका २ नेपालीको परिवारलाई आईएमईले आर्थिक सहयोग गरेको छ । साउदी अरबमा निधन भएका सोहन कुमार गुरुङ र तुल बहादुर कामी का परिवारलाई राहत स्वरुप प्रति परिवार ५० हजार रुपैयाँको दरले नगद सहयोग प्रदान गरिएको हो ।
हेटौडाका गुरुङकी श्रीमती विष्णु माया गुरुङ र छतिवनका कामीका छोरा युवराज विश्वकर्मालाई आईएमई का क्षेत्रीय प्रमुख सुरज पौडेलले नगद सहयोग हस्तान्तरण गरे । विदेशमा निधन भएका नेपालीका परिवारलाई सहयोगका लागि आईएमई ले आईएमई भरोसा कोष स्थापना गरेको थियो । सोही कोष अन्तर्गत मकवानपुरका दुई परिवारलाई राहत रकम वितरण गरिएको क्षेत्रीय प्रमुख पौडेलले बताए ।
परिवार पाल्नकै लागि विदेश गएका व्यक्तिको उतै निधन हुँदा उक्त परिवारमा पर्न गएको वज्रपातको क्षतिपूर्ति त केहीले पनि गर्न सक्दैन, तर पनि तत्कालको लागि राहत स्वरुप आर्थिक सहयोग गरिएको पौडेलले बताए ।
आइएमईले विगतका वर्षहरुमा दशैं तिहार छठ लक्षित गरी सञ्चालन गर्ने गरेको सेवाग्राहीमुखी व्यापार प्रवर्द्धनात्मक कार्यक्रम यस वर्ष नगरी भरोसा कोष खडा गरेको थियो । देशभरबाट प्राप्त आवेदनबाट छनौट भएका परिवारलाई सोही कोषबाट अहिले राहत रकम वितरण भइरहेको पनि पौडेलले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २९ पुस २०७७, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आइएमईका सेवाग्राहीलाई मौलाकाली र लुम्बिनी केबलकारमा विशेष छुट
ग्लोबल आइएमई बैंक, आइएमई र जाल्टानबीच त्रिपक्षीय समझदारी