हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

आइतबार, ०४ चैत्र २०७४, १८ : २३
हवाई आक्रमणमा २९ तालिबानको मृत्यु

लस्करगाह, अफगानिस्तान । अफगान सुरक्षा फौजले गरेको हवाई कारबाहीमा अफगानिस्तानमा शनिबार कम्तीमा २९ तालिबान लडाकूको मृत्यु भएको छ ।

अफगानिस्तानको हेल्मण्ड प्रान्तमा भएको सुरक्षा कारबाहीका क्रममा उनीहरुको मृत्यु भएको अफगान रक्षामन्त्रालयले आइतबार जनाएको छ ।

“सुरक्षा फौजले तालिबान लडाकूहरुलाई लक्षितगरी युद्धक विमानबाट आक्रमण गरेको थियो,” मन्त्रालयद्धारा जारी वक्तव्यमा भनिएको छ, ।

हेल्मण्ड प्रान्तको गेरेशक, नाडाली, नाहर इ साराज, सङगीन र मार्जाह जिल्लामा शनिबार आक्रमण भएको र त्यसमा परी २९ जना तालिबान लडाकू मारिएका छन् ।

सुरक्षाकर्मीहरुले लडाकूका हातहतियार तथा विस्फोटक पदार्थहरु नियन्त्रणमा लिएर नष्ट गरिदिएका छन् । यस घटनाका बारेमा तालिबान लडाकूहरुले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस