नन्दिता र भानुको अभिनय रहेको म्युजिक भिडियो ‘सङ्लो यो मन’ सार्वजनिक

आइतबार, ०४ चैत्र २०७४, १८ : १४

काठमाडौं । गायक किरण गजमेर र गायिका टिका लामिछानेको स्वर रहेको ‘सङ्लो यो मन’ बोलको गीत माथी बनेको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

भिडियोमा अभिनेत्री नन्दिता केसी र मोडल भानु तिवारीले अभिनय गरेका छन् । रोमान्टीक थिममा तयार पारिएको भिडियोमा कलाकारको अभिनय गीत सुहाउँदो रहेको छ ।

सुरेन्द्र मन सिंहको छायांकन, कमल राईको सम्पादन रहेको भिडियो भुवन रनपल र कमल राईले निर्देशन गरेका हुन् । गीतमा मनिष अधिकारीको शब्द र अम्बर तुम्बापो सुब्बाको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस