अखिल नेपाल क्रान्तिकारी महिला तथा ट्रेड युनियनको कमिटि गठन

आइतबार, ०४ चैत्र २०७४, १६ : ०६
अखिल नेपाल क्रान्तिकारी महिला तथा ट्रेड युनियनको कमिटि गठन


मकवानपुर । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल क्रान्तिकारी महिला संघ मकवानपुरको हेटौँडा उपमहानगरपालिका कमिटि गठन भएको छ । रोजिता लम्साल अध्यक्ष रहने गरि ३३ सदस्यीय कमिटि गठन गरिएको हो ।
कमिटिको उपाध्यक्षमा नमूना पाण्डे, सचिवमा चमेली सिंजाली, सहसचिवमा अञ्जु थिङ र कोषाध्यक्षमा रिता थिङ रहेका छन् । ज्येष्ठ सदस्य कमला कार्कीको अध्यक्षतामा भएको भेलामा अखिल नेपाल महिला संघ क्रान्तिकारीका जिल्ला अध्यक्ष लक्ष्मी पाख्रिनको प्रमुख आतिथ्यता र नेकपा माओवादी केन्द्रका जिल्ला सचिवालय सदस्य प्रमिला लामा पुलामीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

त्यस्तै अखिल नेपाल ट्रेड युनियन महासंघको उपमहानगरपालिका कमिटि समेत गठन गरिएको नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य तथा संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले जानकारी दिए । ठाकुरदत्त खतिवडा अध्यक्ष रहने गरि १७ सदस्यीय कमिटि गठन गरिएको हो ।

कमिटिको उपाध्यक्षमा टंक दुलाल र नवराज ढकाल, सचिवमा दुर्गा घिमिरे, कोषाध्यक्षमा दिपक लामा लगायतका रहेका छन् । उपमहानगरपालिका पार्टी कमिटि अध्यक्ष ललित घलानको प्रमुख आतिथ्यता, ट्रेड युनियन महासंघ जिल्ला अध्यक्ष गंगा भट्टराईको विशेष आतिथ्यतामा भएको सम्मेलनमा ट्रेड युनियनका जिल्ला संगठन विभाग प्रमुख रामशरण घिमिरे लगायतको आतिथ्यता रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस