काठमाडौं । बृहत नागरिक आन्दोलनले आगामी पुस २८ गते नागरिक सभा गर्ने भएको छ । काठमाडौंको प्रज्ञा भवनको डबलीमा जनसागर उतार्दै नागरिक सभा गर्ने निर्णय बृहत नागरिक आन्दोलनले गरेको अभियानका एक अगुवा युग पाठकले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको मिलेमतो र असंवैधानिक ‘आदेश’को भरमा भएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको उच्चतम् रुप मान्दै नागरिक अगुवाहरु आन्दोलनमा उत्रेका छन् । ‘यो प्रतिगमनले मुलुकको राजनीतिलाई मात्रै संकटग्रस्त तुल्याएको छैन, जनताको आर्थिक, सामाजिक जीवन र कोभिड–१९ महामारीबाट निर्मित वृहत्तर संकटलाई पनि थप जटिल बनाइदिएको छ । चौतर्फी संकटबाट मुलुकलाई तत्काल राहत दिएर स्वाभाविक गतिमा अघि बढाउन सर्वोच्च अदालतको भूमिका अहम् देखिएकोले हामी आन्दोलनरत् नागरिकहरु संविधानको अक्षरशः पालना हुनेगरी असंवैधानिक कदम सच्याउन आन्दोलनमा छौं,’ पाठकले सफलखवरसँग भने ।
मुलुकलाई नै दुर्घटनातिर धकेल्ने प्रधानमन्त्रीको प्रतिगामी कदम विगत लामो समयदेखि चलिरहेको प्रतिगमनको उत्कर्षका रुपमा नागरिक अगुवाहरुले लिएको पनि पाठकले वताए । प्रधानमन्त्रीलाई स्वेच्छाचारी र निरंकुश हुन मार्ग प्रशस्त गर्नेगरी, समयमै हस्तक्षेपकारी पहल नलिने सत्तापक्ष तथा प्रतिपक्षका राजनीतिक दलहरुलाई पनि खबरदारी गर्दै नेपालको संविधान २०७२ जारी गर्ने बेला विभिन्न उत्पीडित लिंग, क्षेत्र र समुदायका जनताले बलिदानीसहित व्यक्त गरेको असन्तुष्टि र विद्रोहका स्वरलाई समेत समेटेर प्रतिगमनको श्रृंखलालाई सच्याउँदै जाने दिशामा लाग्ने गरी नागकिर अगुवाहरु आन्दोलनमा उत्रेका हुन् ।
उनीहरुले यस अगाडी माइतीघर मण्डलामा नागकिर स्तरका विभिन्न कार्यक्रम गरी ओलीको प्रतिगमनको विरोध गरिसकेका छन् । त्यसैक्रममा प्रतिगमनविरुद्ध प्रतिरोधकै कार्यक्रम अन्तर्गत पुस २८ मा प्रज्ञा भवनको डवलीमा नागरिक सभा गर्ने निर्णय पनि अगुवाहरुले गरेका हुन् । उक्त सभालाई नागरिक अगुवा कृष्ण पहाडी, नेपाल बार एशोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, सडक विस्तार विरोधी संघर्षका अभियन्ता विद्या श्रेष्ठ,नागरिक अभियन्ता डा. मुक्तसिं तामाङ, सि.एन. थारु लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
कार्यक्रममा धिमे एपिसोड तथा युवा महिला अभियन्ताहरुको ‘फ्ल्यास मोब’ प्रस्तुति पनि रहनेछ । प्रतिगमनका श्रृंखलाविरुद्ध र सामाजिक न्यायसहित संघीय समावेशी गणतन्त्र संस्थागत गर्ने नागरिक चेतनाको संबद्र्धनका निम्ति भविष्यमा अझ संघर्षपूर्ण कार्यक्रम ल्याउने पनि पाठकले वताए ।
उपत्यकाका विभिन्न चोक तथा उपत्यका बाहिर समेत यो अभियानलाई अघि बढाउन सहकार्यको वातावरण निर्माण गदै जाने र सबै कार्यक्रम जनताका सांस्कृतिक तथा सामाजिक विशेषतासहित रचनात्मक वनाइने निर्णय पनि नागरिक अगुवाहरुले गरेका छन् । सबै तहतप्काका सचेत नागरिक तथा जनसमुदायलाई सभामा उपस्थित भै प्रतिगमनको प्रतिरोधमा सक्रिय सहभागिताका लागि आह्रवान समेत नागकिर अगुवाहरुले गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २६ पुस २०७७, ०९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीसँग बंगलादेशका राजदूतको बिदाइ भेट
रोजगारी र आत्मनिर्भरता शिक्षातर्फ अघि बढिनेछ : प्रधानमन्त्री ओली
त्रिभुवन विश्वविद्यालयमा साँच्चैको मेरिटोक्रेसी लागू हुनुपर्छ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीद्वारा आफूले आधारभूत शिक्षा लिएको विद्यालयको भवन उद्घाटन
देश चलाउनु सहकारी ठगे जस्तो होइन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले आज दमक भ्यू-टावरको उद्घाटन गर्दै