राष्ट्रियसभा सदस्य यादवलाई शपथ

आइतबार, ०४ चैत्र २०७४, १४ : २५

काठमाडौँ । राष्ट्रियसभा सदस्य रमेशप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद् भवन नयाँ बानेश्वरमा राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधित्व गर्ने सांसद यादव गत फागुन २० गते भएको शपथ कार्यक्रममा अनुपस्थित भएकाले आज शपथ लिनुभएको हो । राष्ट्रियसभा सदस्यको गत माघ २४ गते सम्पन्न निर्वाचनमा सांसद यादव प्रदेश २बाट निर्वाचित हुनुभएको थियो ।  (रासस)

प्रतिक्रिया दिनुहोस