‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको हत्या गरे, संयुक्त संघर्षमा जानुको विकल्प छैन्’

‘केपी होइन केपी प्रवृत्ति निरंकुश र तानाशाही प्रवृत्ति हो,त्यो प्रवृत्तिले लोकतन्त्र र संविधानमाथि धावा बोलेको छ, प्राप्त उपलब्धि गुम्ने हुन् कि भन्ने डर छ, त्यसैले सँगै उभिऔं

सफल खबर संवाददाता

शुक्रबार, २४ पुस २०७७, ०८ : ३४
‘प्रधानमन्त्री ओलीले प्रतिनिधिसभाको हत्या गरे, संयुक्त संघर्षमा जानुको विकल्प छैन्’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीबाट ‘ठक्कर’ खाएर सडक आन्दोलनमा आएका पुष्पकमल दाहाल र माधव नेपाल नेतृत्वको नेकपाका नेताहरु आन्दोलनलाई संयुक्त मोर्चाबन्दी गर्ने प्रयासमा जुटेका छन् । प्रतिनिधीसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम विरुद्द काँग्रेस, जनता समाजवादी पार्टी(जसपा) देखि नागरिक समाजसम्मको संयुक्त आन्दोलनको कोसिस गरिरहेका दाहाल–नेपाल समुहले संयुक्त संर्घषको मियो भेट्न सकेका छैनन् ।

जसपा तयार जस्तै देखिएपनि काँग्रेस ढुक्कैले साथ दिन नसक्दा संयुक्त संर्घषको कार्यक्रम बन्न सकिरहेको छैन् । पहिलो चरणको कार्यक्रम गरेर तीन दिन दाहाल नेपाल समुहले संयुक्त आन्दोलनको प्रयास गरेका थिए । अन्ततः त्यो प्रयासले सार्थकता पाउन सकेन् ।  त्यसपछि उनीहरुले अलग –अलग कार्यक्रम घोषणा गरे । यद्यपी नेकपाको दाहाल नेपाल समुहको यो प्रयास अझै जारी छ । उसले रणनीतिक अर्थ देखाउने गरी संसदभित्र र संसद बाहिरको वामपन्थी दललाई समेत एउटै छाताभित्र गोलवद्ध गरी ‘ओलीको कदम’ का विरुद्ध आन्दोलनको उठान प्रयास गरिरहेको छ ।

प्रधानमन्त्री ओलीसँगै रहँदा दाहाल–नेपालहरुले कति पेशाकर्मी र जनताको पक्षमा आवाज उठाए ? भन्दै नागरिक अगुवाहरुले प्रश्न तेस्र्याए पछि मञ्चमा रहेका नेकपाका अध्यक्ष माधव नेपालले ओली ब्यक्ति नभई प्रवृति भएको र त्यो प्रवृतिविरुद्ध संर्घष गर्न सँगै उभिऔं भनेर आग्रह गर्न खोजिएको बताएका थिए । ‘केपी होइन केपी प्रवृत्ति निरंकुश र तानाशाही प्रवृत्ति हो । त्यो प्रवृत्तिले लोकतन्त्र र संविधानमाथि धावा बोलेको छ । प्राप्त उपलब्धि गुम्ने हुन् कि भन्ने डर छ, त्यसैले सँगै उभिऔं,’ अध्यक्ष नेपालले नागरिक समाजका प्रतिनिधीसँग आग्रह गर्दै भने । नेकपाको दाहाल नेपाल पक्षले प्रधानमन्त्री ओलीको प्रतिनिधीसभा विघटनको घोषणा असम्वैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र राजनीतिक स्थिरता, जनादेश एवं जनभावना विपरितको स्वेच्छाचारी भएको भन्दै सडकबाटै जनताको बलमा ओलीको कदम सच्चाउनु पर्ने बताउदै आईरहेको छ ।

दुई दिन यता अन्य राजनीतिक दल र नागरिक समाजलाई आफुसँगै संयुक्त मोर्चाबन्दी गराउन उसको प्रयास जारी छ । त्यही क्रममा बुधबार राजनीतिक दलका प्रतिनिधीहरुसँगको अन्र्तक्रिया गरेको नेकपाको यो पक्षले बिहिबार नागरिक समाजका प्रतिनिधीसँग काठमाडौंमा अन्र्तक्रिया गरेको थियो ।  अन्र्तक्रियामा पूर्व सभामुख दमननाथ ढुंगानाले प्रश्न गरे, –‘के का लागि आन्दोलन ? तपाईहरु फोहोर गर्ने, अनि नागरिक समाजलाई सफा गर्न बोलाउने ? तपाईहरुकै पार्टी होइन नेकपा, एकता गर्नुभएको होइन, संयुक्त हुनुभएको होइन, अनि अहिलेका प्रधानमन्त्रीले यसो गरिरहेका छन् भन्ने तपाईहरुलाई थाहा थिएन ?’

अन्य नागरिक अगुवाभन्दा मञ्चको अघिल्लो लहरमै राखिएका ढुंगानाले आफ्नो बोल्ने क्रममा अझ अगाडी बढेर माधव नेपाल, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठतिर हेर्दै प्रश्न थपे,– ‘अहिले जे भएको छ, त्यो के एकैदिन भएको हो ? तपाईहरु कँहा हुनुहुन्थ्यो । त्यसकारण म त फोहोर गर्नेलाई भन्दा फोहोर हेरर बस्नेलाई बढी जिम्मेवार ठान्छु । अन्याय गर्ने भन्दा अन्याय सह्ने पराकाष्ठामा तपाईहरुलाई कसले कसरी पुरयायो ? अनि हामीलाई अहिले किन बोलाउनु भयो ? तपाईहरु एक्लै लड्नुस न !’ 

०६२-०६३ को आन्दोलनबाट प्राप्त परिवर्तन नागरिक समाजको संखनादबाट आएको परिवर्तन भएपनि त्यसपछि दलहरुले नागरिक समाजलाई कहिल्यै नसम्झिएको भन्दैै ढुंगाानाले आफु कुनै पार्टीको मञ्चमा भन्दा प्रतिनिधीसभा पूर्नस्थापना गर्ने राष्टिय मञ्चमा आएको बताए । एउटा प्रधानमन्त्री र तीन ओटा पूर्व प्रधानमन्त्रीको झगडाले नेकपाभित्रको यो अवस्था र प्रतिनिधीसभा विघटन सम्मको अवस्थामा पुरयाएको जिकिर गर्दै उनले सोधेका थिए,–‘ के तपाईह्रुलाई प्रतिनिधीसभा विघटन हुदैछ भन्ने थाहा थिएन ?’ 

पत्रकार महासंघका महासचिव रमेश विष्टले पनि आयोजकहरुलाई नै प्रश्न गरे । उनले पनि सोधे,–‘हिजो हामी आन्दोलनमा जुँधिरहदा तपाईहरु कँहा हुनुहुन्थ्यो, दश हजार पारिश्रमिक नपाउने पत्रकारले दश लाख जरिवाना तिर्न सक्दैन भन्दा हाम्रो आवाज सुनिएन । सञ्चार क्षेत्रकै प्रतिनिधित्व गर्नेलाई मन्त्री बनाइएको भनियो । हामी आन्दोलनमा हुँदा अनि किन बोल्नु भएन ।’ उनले आफुहरु पेशाप्रतिको प्रतिबद्धता र सुरक्षाका लागि मात्र आन्दोलनमा रहेको र भोलिका दिनमा प्रधानमन्त्री र सरकारमा पुगेर अब यसो गर्दैनौं भन्ने सुनिश्चितता मात्र खोजिएको बताएका थिए ।

प्रधानमन्त्री ओलीसँगै रहँदा दाहाल–नेपालहरुले कति पेशाकर्मी र जनताको पक्षमा आवाज उठाए ? भन्दै नागरिक अगुवाहरुले प्रश्न तेस्र्याए पछि मञ्चमा रहेका नेकपाका अध्यक्ष माधव नेपालले ओली ब्यक्ति नभई प्रवृति भएको र त्यो प्रवृतिविरुद्ध संर्घष गर्न सँगै उभिऔं भनेर आग्रह गर्न खोजिएको बताएका थिए । ‘केपी होइन केपी प्रवृत्ति निरंकुश र तानाशाही प्रवृत्ति हो । त्यो प्रवृत्तिले लोकतन्त्र र संविधानमाथि धावा बोलेको छ । प्राप्त उपलब्धि गुम्ने हुन् कि भन्ने डर छ, त्यसैले सँगै उभिऔं,’ अध्यक्ष नेपालले नागरिक समाजका प्रतिनिधीसँग आग्रह गर्दै भने । नेकपाको दाहाल नेपाल पक्षले प्रधानमन्त्री ओलीको प्रतिनिधीसभा विघटनको घोषणा असम्वैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी र राजनीतिक स्थिरता, जनादेश एवं जनभावना विपरितको स्वेच्छाचारी भएको भन्दै सडकबाटै जनताको बलमा ओलीको कदम सच्चाउनु पर्ने बताउदै आईरहेको छ ।

त्यसैका लागि पनि यो पक्षले अन्य राजनीतिक दल र नागरिक समाजसहितको संयुक्त संर्घषको कोशिस गरिरहेको छ । अध्यक्ष नेपालले मात्र होइन, नागरिक अगुवालाई वरिष्ठ नेता झलनाथ खनालले पनि आस्वस्त पार्न खोजे । उनले भने,–‘यस्तो बेला हामी कसरी अगाडि बढ्ने ? कांग्रेस, जसपा र हाम्रो पार्टी आन्दोलनमा छौं । जनता आन्दोलनमा छन् । यो बेला नागरिक समाजले पनि भूमिका खेल्नुपर्छ, संसद पुनस्थापना गर्न हामी लाग्नुपर्ने नयाँ परिस्थिति छ । हिजो पनि नागरिक समाजले खेलेको भूमिका स्मरणयोग्य छ । स्थायित्व र जनादेश माथी प्रधानमन्त्रीले हमला गर्नुभयो । सनक र लहडका आधारमा चल्ने स्थिती नहोस भनेर संविधानमा गरिएको ब्यवस्थाको रक्षाका लागि तपाई हामी सबै मिलेर जुटनुपर्छ । प्रधानमन्त्रीको कदम उल्टाउने गरी संयुक्त संर्घषमा जानुपर्छ ।’

नागरिक अगुवा कृष्ण पहाडीले प्रतिगमनका लागि नेकपाले नै प्रधानमन्त्रीलाई ठाँउ दिएको बताए । ‘किस्ताबन्दीमा प्रतिगमन भएको छ । गत वैशाखमै हामीले प्रतिगमन शुरु भएको वक्तब्य मार्फत बताएका थियौं । यो किस्ताबन्दी मात्र हो, अरु किस्ताबन्दीमा आउन बाँकी नै छ,’ पहाडीले भने,–‘ प्रतिनिधीसभाको हत्या गरेर ओलीले रिक्तता सिर्जना गर्नु भएको छ । केही समूहले यसैमा भविष्य देखेका छन्, तर त्यस्ता प्रतिगमनकारीहरुको सपना पूरा हुन दिनुहुदंैन । राजनीतिक दल र नागरिक समाजको सहकार्य हुनुपर्छ ।’ कार्यक्रममा पत्रकार नारायण वाग्ले, प्रध्यापक, चिकित्सक, पेशाकर्मीहरु लगायतसँग नेकपाले अन्र्तक्रिया गरेका थिए ।
 

प्रतिक्रिया दिनुहोस