ठाउँठाउँमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

सफल खबर संवाददाता

विहीबार, २३ पुस २०७७, १९ : २२
ठाउँठाउँमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

 बुटवल । नेकपा प्रचण्ड माधव पक्षले ठाउँठाउँमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरिरहेका छन् । 

प्रचण्ड माधव पक्षको अनेरास्ववियुले आज साँझ बुटवलमा प्रधानमन्त्री केपी शर्माको पुत्ला दहन गरेका छन् ।  बुटवलको ट्राफिकचोकमा प्रधानमन्त्री ओलीको कदम विरुद्ध चर्को नारा लगाउदै विद्यार्र्थीहरुले  प्रधानमन्त्रीको पुत्ला दहन गरेका हुन्  ।

प्रचण्ड–माधव पक्षको विद्यार्थी संगठनका केन्द्रीय सदस्य अनुप पाखरेलले प्रधानमन्त्रीको कदम नसच्चिएमा सडक आन्दोलनलाई अझै कडा पार्ने चेतावनी दिए । 

यस्तै, लैनचौरस्थित अमृत क्याम्पस अगाडी विद्यार्थीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध प्रदर्शन गरेका छन् । प्रचण्ड–माधव समूह निकट अनेरास्ववियूमा आवद्ध विद्यार्थीहरुले प्रदर्शन गरेका हुन् । प्रदर्शनका क्रममा विद्यार्थीले प्रधानमन्त्री ओलीको तस्बिर र पुत्ला जलाएका थिए । 

प्रतिक्रिया दिनुहोस