बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, १३ : ५३
बाँकेमा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट बाँके जिल्लामा कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दुईजना र भेरी अस्पतालमा एकजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको हो ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा दाङको घोराही उपमहानगरपालिका–१८ का १३ वर्षीय बालक र कञ्चनपुरको महेन्द्रनगर–५ का ६० वर्षीय पुरुष तथा नेपालगञ्जस्थित भेरी अस्पतालमा बाँकेको जानकी गाउँपालिका–३ का ६८ वर्षीय पुरुषको मृत्यु भएको हो । 

प्रतिक्रिया दिनुहोस