मोटरसाईकलको ठक्करबाट हरिणको मृत्यु

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, १२ : २०
मोटरसाईकलको ठक्करबाट हरिणको मृत्यु

प्रतिकात्मक तस्विर

जनकपुरधाम । सर्लाहीमा मोटरसाईकलको ठक्करबाट एक हरिणको मृत्यु भएको छ । बागमती नगरपालिका  स्थित नयाँरोड बरहथवा सडक खण्डमा मोटरसाइकलको ठक्करबाट हरिणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सोमबार साँझ नयाँरोडबाट बरहथवातर्फ जाँदै गरेको मोटरसाइकलले जंगली जनावर हरिणलाई ठक्कर दिएको थियो । हरिणलाई ठक्कर दिएपछि प्र.१–०२–०४२ प.४००९ नम्बरको मोटरसाइकल समेत पल्टिँदा सप्तरीको कन्चनरुपा नगरपालिका ११ का २२ वर्षीय सुनिल थापा र पछाडि सवार सर्लाहीको हरिपुर नगरपालिका १ का २५ वर्षीय शिवकुमार महतो घाइते भएका छन् ।

मोटरसाइकलको ठक्करबाट मृत्यु भएको हरिण इलाका वन कार्यालय मूर्तियालाई जिम्मा लगाएको सर्लाही प्रहरीले जनाएको छ।
 

प्रतिक्रिया दिनुहोस