प्रधानमन्त्री ओली आफ्नै समुहका नेताहरुसँग असन्तुष्ट

खुलेर प्रतिरोधमा नउत्रिएको भन्दै बालुवाटार पुग्ने नेता कार्यकर्तासँग गुनासो

सफल खबर संवाददाता

मंगलबार, २१ पुस २०७७, ०९ : ०२
प्रधानमन्त्री ओली आफ्नै समुहका नेताहरुसँग असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री केपी ओली क्याम्पमा खैलाबैला मच्चिन थालेको छ । प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नभएको विषयमा दिनदिनै संविधान निर्माणका क्रममा मुख्य भूमिका खेलेका ब्यक्तीहरु खुल्दै जानु, सर्वाेच्चकै पूर्व प्रधानन्यायधिस देखि न्यायधिस र वरिष्ठ अधिवक्ता, नागरिक समाजसम्म विपक्षमा उत्रिनुले प्रधानमन्त्री ओली अप्ठयारोमा परेका छन् । 

उता निर्वाचन आयोगले चुनावको मिति घोषणा भएको अवस्थामा पनि दलहरुको आन्तरिक विवादमा आयोगले निरुपणका लागि छलफल गर्न पाउने गरी नियमावलीमा गरेको संसोधनले पनि ओली आफैंमा अप्ठयारो महसुस गरिरहेका छन् । ओली बाहेकका अन्य नेताहरुले ओलीको प्रतिनिधीसभा विघटनको निर्णयको खुलेर बचाउ गर्न नसक्दा ओलीले थप अप्ठयारो महसुस गर्न थालेका छन् ।  

ओली अहिले निक्कै हतास मनस्थितीमा देखिएका छन् । त्यही भएर कहिले आफ्नो भाषणमा माधव प्रचण्डको आलोचना गर्ने, क्यारिकेचर गर्ने र चटक देखाउने प्रयास गरिरहेका छन भने कहिले आफ्नो भाषणमा विवादास्पद र अनावश्यक शब्द चयन गरेर आलोचनाका पात्र बनिरहेका छन् । ओली निकट एक नेता भन्छन्, –‘प्रधानमन्त्री ओली कतै अदालतले संसद पूर्नस्थापना पो गरिदिन्छ की भन्ने हतासमा अहिले देखिन थाल्नुभएको छ, उहाँले केही दिन अगाडी मात्रै प्रधानन्यायधिससँग फेरि पनि छलफल गर्नुभएको देखिन्छ ।’ 

ओलीले संविधान अनुसारको ब्यवस्था अनुसार नै आफुले संसद विघटन गरेको र यो राजनीतिक मुद्दा भएकोले अदालतले यसमा चासो दिईरहनु पर्ने विषय नभएको दलिल पेश गर्न थालेका छन् । तर ओलीका सारथीहरुले यसलाई सम्वैधानिक भन्दा पनि राजनीतिक विषय भएको जस्ता अमिल्दो तर्क गरेर ओलीको खुस्केको लंगौटी बचाउने प्रयास गरेका छन् ।

उपप्रधानमन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा (बादल) र अर्थमन्त्री विष्णु पौडेलले यदाकदा प्रधानमन्त्रीलाई घेराबन्दी गरेर हटाउन खोजेपछि चालिएको अनिवार्य कदम भनेर बचाउ गर्न खोजेपनि चित्तबुझ्दो जवाफ दिन सकिरहेका छैनन् । अन्य नेताहरु त झन ओलीको कदममा मुखै बन्द गरेर बसेका छन् । ओलीले यो विषयमा सबैभन्दा बढी साथ खोजेका सुवास नेम्वाङ समेत खास टिप्पणी नगरी चुपचाप बसिरहेका छन् ।

नेम्वाङले संविधान निर्माणका क्रममा संविधानले प्रधानमन्त्रीलाई विघटनको विशेष अधिकार नदिएको भन्दै वकालत लामो समय सम्म गरेका थिए । तर ओलीले नै संसद विघटन गरिदिएपछि नेम्वाङ अहिले यो विषयमा सकभर बोल्नै नपाए हुन्थ्यो गरी बस्न थालेका छन् । सञ्चारकर्मीले प्रश्न सोध्दा पनि अदालतमा पुगेको मुद्दाका विषयमा आफुले बोल्नु उचित नहुने भन्दै बीचमै तर्किने गरेका छन् । आफ्नै खम्बाहरुको यो चालढाल देखेर ओली आफ्नो मोर्चामा एक्लै भिड्न थालेका छन् ।

जताततैको विरोधका बाबजुद आफु एक्लै भिड्न पर्ने अवस्था निम्तेपछि ओली क्याम्पमा खैलाबैला मच्चिएको छ । ‘अलि भिड्न पर्यो, सबै साथीहरु डटेर प्रतिरोधमा लाग्नुपर्यो,’ प्रधानमन्त्री ओलीले अचेल दिनहुँ बालुवाटार पुग्ने नेताहरुलाई आग्रह गर्न थालेका छन् । उनी आफै मोर्चामा खटिएको सुनाउदै तपाईहरु पनि म जतिकै खटिनु पर्यो भन्ने प्रधानमन्त्रीको जवाफ हुने गरेको छ, बालुवाटार पुगेका ओली पक्षका एक स्थायी समिति सदस्यले सफलखबरसँग भने ।

प्रतिक्रिया दिनुहोस