काठमाडौं । ६४ वर्षीय उखु किसान नारायण राय यादवको आन्दोलनकै क्रममा मृत्यु भएपछि परिवारका सदस्य बिचल्लीमा परेका छन्। सर्लाहीको धनकौल गाउँपालिका–७ का यादवको परिवारमा १९ जना छन्। तीन बैंकको २५ लाखभन्दा बढी ऋण रहेको यादवका जेठा छोरा सीयाराम रायले बताए।
‘ऋण भए पनि बुवा हुँदा हामीलाई कुनै चिजको चिन्ता थिएन। बुवाले नै घरव्यवहार चलाउनुहुन्थ्यो। अब हामी अभिभावकविहीन बनेका छौं’, सीयारामले भने।सीयारामका अनुसार उनका बुवा नारायणले खेती गर्न र ट्र्याक्टर किन्न तीन वटा बैंकसँग ऋण लिएका हुन्। ‘सर्लाही सदरमुकाम मलंगवाका द–सहाराबाट १४ लाख, सहारा विकासबाट ५ लाख र गाउँकै सवलम्बन सहकारीबाट ६ लाख ऋण लिनुभएको थियो’, उनले भने, ‘द–सहाराबाट बुवाको नाममा ७ र मेरो नाममा ७ लाख ऋण छ। गाउँको सहकारीबाट बुवाले मेरो र कान्छो भाइ जियालालको नामबाट ३र३ ऋण निकाल्नुभएको थियो।’
बुवा नै बितेपछि कसरी ऋण तिर्ने भन्ने चिन्ता थपिएको उनले सुनाए। सहारा विकासको ऋण बुवाकै नाउँमा रहेको उनको भनाइ छ। उनका अनुसार धनकौलस्थित अन्नपूर्ण सुगर मिलबाट उखुको बक्यौता २४ लाख रुपैयाँ उठाउन बाँकी छ। उद्योगले पैसा दिए ऋण तिर्न सकिन्थ्यो । ‘०७३र७४ को २ लाख र ०७४र७५ को २२ लाख बाँकी छ। उखु दियौं तर उद्योगीले पैसा सट्टा बुवाको ज्यान लिए’, उनले भने, ‘उद्योगीले समयमा पैसा दिएको भए हामी टुहुरा हुँदैनथ्यौं। उद्योगीका कारण हाम्रो परिवार अहिले बर्बाद भएको छ।’
यो परिवारले खेत बेचेर भए पनि ऋण तिर्नुपर्ने अवस्था छ। दिनानुदिन बैंकको ब्याज बढ्दो छ। जसरी भए पनि ऋण तिर्न पाए हुन्थ्यो भन्ने छ । तर, पैसा नै नभएपछि कसरी तिर्नु रु ‘खेत पनि बागमती नदीको बगरमा छन्’, सीयारामले भावुक हुँदै भने, ‘कुनै वर्ष उब्जनी हुन्छ, कुनै वर्ष बाढीले सखाप बनाउँछ।’ खेतको भाउ पनि त्यति राम्रो छैन। सस्तोमा बेच्नुपर्ने बाध्यता छ। सबै खेत बेच्दा पनि ऋण तिर्न सकिँदैन।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
शुक्रबार, १७ पुस २०७७, ०७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समयमै भुक्तानी पाएपछि उखु किसानलाई राहत
उखु किसानलाई प्रोत्साहन गर्न २ अर्ब २५ करोड बजेट विनियोजन
महोत्तरीका किसानले पाए उखुको भुक्तानी