अल्बर्ट आइन्स्टाइन

श्रीमतीप्रति कति क्रूर थिए अल्बर्ट आइन्स्टाइन ?

एजेन्सी

शनिबार, ०३ चैत्र २०७४, १२ : २०
श्रीमतीप्रति कति क्रूर थिए अल्बर्ट आइन्स्टाइन ?

दुनियाँका केही सर्वश्रेष्ठ वैज्ञानिकहरूको कुरा गर्ने हो भने आज पनि त्यसमा अल्बर्ट आइन्स्टाइनको नाम अगाडि आउँछ ।

१४ मार्च १८७९ मा जन्मेका आइन्स्टाइको १८ अप्रेल १९५५ मा मृत्यु भएको थियो । स्टिफन हकिङ्सझैँ आइन्स्टाइनको जीवन पनि ७६ वर्षको आयु रह्यो ।भौतिकशास्त्रका सर्वश्रेष्ठ वैज्ञानिक मानिने आइन्स्टाइनको निजी जीवन त्यति सफल थिएन ।

२०१२ मा लेखक वाल्टर इसाकसनले आफ्नो पुस्तक ‘आइस्टाइन :हिज लाइफ एन्ड युनिभर्स’मा यस कुराको दाबी गरेका छन् । उनले के लेखेका छन् भने दुनियाँको प्रख्यात वैज्ञानिकले आफ्नो निजी जीवन सफल बनाउनका लागि धेरै कोसिस गरे तर उनका लागि सम्भव भएन ।

जुन लडाइँ जित्न सकेनन् आइन्स्टाइनले
वाल्टर इसाकसनले के लेखेका छन् भने आइन्स्टाइनले आफ्नो वैवाहिक जीवन बचाइराख्नका लागि कोसिस गरे तर उनका लागि यो लडाइँ सावित भयो, जसलाई उनले जित्न सकेनन् ।

वास्तवमा प्रेमप्रति आइन्स्टाइनको व्यवहार यति हस्तक्षेपकारी थियो भन्ने त्यतिबेला मात्र बुझे जब उनले वैज्ञानिक मिलेवा मैरिकसँगे वैवाहिक जीवन अस्तव्यस्त भई केही कडा नियमको एउटा सूची जारी गरे । उनलाई यसले बच्चाका लागि भए पनि दुवै सँगै बस्न पाउने छाँै भन्ने विश्वास लागेको थियो ।

आइन्स्टाइनको सूची
ब्रिटेनी पत्रिका डेली मेलले वाल्टर इसाकसनको पुस्तको आधारमा यो सूची छापेको थियो । यस्ता मागको सूची थियो, जसले मैरिक एक प्रेमिकाको सट्टा नौकारानी बन्थिन् ।

पुस्तकमा उल्लेख भए अनुसार सन् १९१४ मा  आइन्स्टाइनले यो सूची लेख्न बाध्य भएका थिए । त्यो समय उनको श्रीमती मैरिकसँग उनको वैवाहिक जीवन असफल हँुदै छ भन्ने लागेको थियो ।

मैरिक युरोपका केही महिलामध्येमा गनिन्थिन्, जसले गणित र भौतिकशास्त्र पढेकी थिइन् । आइन्स्टाइनले के प्रस्ताव राखेका थिए भने श्रीमान श्रीमती दुवै बच्चाका लागि भए पनि एक साथ बस्नुपर्छ ।

तर उनको सूची आश्चर्य पार्ने खालको थियो । उनले यहाँसम्मको माग राखेका थिए, उनले आफ्नो श्रीमानका लागि नोकर्नीझैँ काम गर्नुपर्छ । त्यसको बदलामा उनले के आश गर्नु हुँदैन थियो भने उनले माया पाउने अथवा श्रीमानले उनको ध्यान राख्ने छन् ।

दुनियाँको सर्वश्रेष्ठ वैज्ञानिक आइन्स्टाइनले यस्ता माग राखेका थिए– मैरिकले उनको कोठा सफा राखून, उनका लागि तीन समयको खाना बनाऊन्, जुन उनले आफ्नै कोठामा खाने छन्, उनले कपडा पनि धोई दिऊन र पट्याई पनि राखून्  ।

यति मात्र होइन आइस्टाइन के पनि चाहन्थे भने उनकी श्रीमती उनको बेडरुम र अध्ययन कोठा पनि सफाइ गरून् । तर उनले श्रीमतीलाई भने आफ्नो डेक्स प्रयोग गर्ने अनुमति पनि दिएका थिएनन् । आइन्स्टाइनका माग यहीँ सकिएनन् । प्रख्यात भौतिकशास्त्री बदलामा श्रीमतीलाई के पनि भन्छन् भने आफूसँग धेरै अपेक्षा नगर्नु ।

श्रीमती गर्न सक्दैनन् यी कुराहरूको आशा
यो सूचीअनुसार आइन्स्टाइनको भनाइ थियो, उनकी श्रीमतीले के आशा नगरून् भने उनीसँग आफूसँगै बसून्, उनीसँग घरभन्दा बाहिर जाऊन् ।

आइन्स्टाइन उनले भन्नेबित्तिकै श्रीमतीले बोल्न बन्द गरून् भन्ने चाहन्थे । कतिसम्म भने आइन्स्टाइन उनले भन्ने बित्तिकै अवरोधबिना नै उनको बेडरुम  अथवा अध्ययन कक्षबाट तुरुन्त बाहिर जाऊन् भन्ने चाहन्थे ।

आइस्टाइनकी श्रीमतीले सुरुमा उनका मागसँग सहमति गरिन् पछि त्यही भयो जसको शङ्का उनलाई थियो । केही महिनापछि मैरिकले आइस्टाइन बर्लिनमा छोडेर छोरा लिएर ज्युरिख आएर बस्न थालिन् ।
पाँच वर्षपछि अथवा १९१९ मा उनले डिभोर्सका लागि निवेदन दिइन् र यसको अनुमति पनि मिल्यो ।

आइन्स्टाइनको बारेमा के पनि भनिन्छ भने उनको गर्लफ्रेन्ड थिइन् र सन् १९१२ देखि इलसा नामकी महिलासँग उनको सम्बन्ध थियो । यद्यपि त्यो समय उनी पनि विवाहित थिइन । उनले डिभोर्सपछि १९१९ मा इलसासँग विवाह गरे । तर एक पटक पुनः आफ्नो सेक्रेटरीकी छोरी न्युमैनससँग उनको नजिकको सम्बन्ध भयो । -बीबीसी

प्रतिक्रिया दिनुहोस