प्रचण्ड र वामदेवबीच खुमलटारमा वार्ता

सफल खबर संवाददाता

शनिबार, ११ पुस २०७७, १२ : १७
प्रचण्ड र वामदेवबीच खुमलटारमा वार्ता

file photo

काठमाडौं । नेपाल कम्यूनिस्ट पार्टी (प्रचण्ड–माधव) पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच शनिबार भेटवार्ता भएको छ। 

शनिबार बिहान प्रचण्ड निवास खुमलटारमा दुई नेताबीच करिब एक घण्टा वार्ता भएको हो । 

सो क्रममा प्रचण्डले गौतमलाई आफ्नो समूहमा आउन अनुरोध गरेको स्रोतले बताएको छ । तर, गौतमले भने स्पष्ट जवाफ नदिएको बताइएको छ । 

संसद विघटन प्रकरण पछि नेकपा विभाजित भएपनि गौतम हालसम्म केपी ओली र प्रचण्ड–माधव पक्ष कतैपनि खुलेका छैनन् ।

दुबै पक्षले गौतमलाई आफूतिर तान्न प्रयास गर्दै आएपनि उनले निर्णय लिइसकेका छ्रनन् । गौतम दुबै पक्षको केन्द्रीय समिति र गुटको भेलामा सहभागी भएका छैनन् ।