चिनियाँ राजदुत र अध्यक्ष नेपालबीच भेटवार्ता

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, १७ : ०६
चिनियाँ राजदुत र अध्यक्ष नेपालबीच भेटवार्ता

file photo

काठमाडौं । नेकपा (प्रचण्ड माधव ) पक्षका अध्यक्ष माधवकुमार नेपाल र नेपालका लागि चीनका राजुत हाउ यान्छीबीच भेटवार्ता भएको छ ।

हाउ यान्छीले र अध्यक्ष नेपालबीच शिष्टाचार भेट भएको सो पार्टीका विदेश विभाग उपप्रमुख तथा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिएका छन् । 

भेटका अवसरमा दुई मुलुकका आपसी हितका विषयमा छलफल भएको रिजालले जानकारी दिएका छन् ।