काठमाडौं । विश्व भर महामारीको रुप लिएको कोभिड–१९ को असर नेपाली फुटबलमा पनि देखियो । चैत ४ बाट रोकिएको ‘बी’ डिभिजन लिग सुचारु गर्न अखिल नेपाल फुटबल संघ (एन्फा)ले चासो देखाइ सकेको छ । सँगै सी डिभिजन लिगको आयोजनाका लागि काम भइरहेको छ । एन्फाले आगामी दिनमा कोभिडका कारण फुटबल स्थगित नगर्ने समेत बताएको छ ।
सहिद स्मारक सी डिभिजन लिग चैत १ गतेबाट सुरु हुने सर्वविदितै भएको छ । एन्फाले सी डिभिजन लिगका पदाधिकारीसँग छलफल गर्दै चैतको सूरुवातमै स्थगित रहेको लिग सञ्चालन गर्ने सहमती बनाएको हो ।
कोरोनाका कारण गत वर्षको अन्तिममा सुरु गर्ने तयारी गरिएको सी डिभिजन लिग स्थगित बनेको थियो र अब कोरोनाका कारण प्रतियोगिता नरोकिने अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए ।
विभिन्न ठाउमा देखिएको असर पछि कोरोनका कारण फुटबल पनि अछुतो रहेन । संक्रमणको डरले फुटबल बन्द रह्यो । एन्फाले गत वर्ष स्थगित बनेका घरेलु फुटबलका प्रतियोगितालाई यथास्थानमा सुचारु गरेर अगाडि बढाउने भएको छ ।
एन्फा सी डिभिजन लिगका लागि क्लबको तयारी खर्च बढाउन समेत सहमत बनेको छ । सहमती पछि एन्फाले क्लबका पदाधिकारीलाई फिफा र एएफसीको स्वास्थ्य प्रोटोकलका विषयमा समेत जानकारी गराएको र सोही मापदण्डलाई पूरा गरेर प्रतियोगिता सुचारु गर्ने लिग निर्देशक सञ्जीब मिश्रले बताए ।
विश्व महामारीको चपेटा परे पनि तोकिएका स्वाथ्य प्रावधान अपनाउँदै चर्चित फुटबल प्रतियोगिता सुचारु भइसकेका छन् । तर नेपाली फुटबल फर्किनलाई अझै राम्रो र सहज वातावरण मिलेको छैन । फुटबलको सर्बोच्च निकाय एन्फाले कोरोनाको डर भन्दा पनि कोरोनालाई परास्त गर्दै कदम चाल्नु पर्ने अवस्था आएको बताउँछ । फुटबल ठप्प हुँदा खेलाडीमा परेको नकारात्मक असरलाई समयमा केलाउनु पर्ने दायित्व पनि एन्फाको काधमा थपिने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १० पुस २०७७, १४ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मैत्रीपूर्ण फुटबल खेलमा नेपाल र अफगानिस्तान भिड्दै
उरुग्वेका फुटबलर स्वरेजको अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास
वाफ उपविजेता महिला फुटबल टोली स्वदेश फिर्ता