रेशम चौधरीलाई भेट्न अस्पताल पुगे गृहमन्त्री

शुक्रबार, ०२ चैत्र २०७४, २० : १२
रेशम चौधरीलाई भेट्न अस्पताल पुगे गृहमन्त्री

काठमाडौ । कैलाली टीकपुर घटनाका मुख्य आरोपी रेशम चौधरीलाई भेट्न गृहमन्त्री रामबहादुर थापा ‘बादल’ वीर अस्पताल पुगेका छन् । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य महन्थ ठाकुर र राजेन्द्र महतोलाई साथमा लिएर वीर अस्पताल पुगेका छन् ।
पूर्पक्षका लागि थुनामा रहेका रेशम चौधरी आमरण अनसन बसिररहेका छन् । अनसनको क्रममा उनी अस्वस्थ्य भएपछि थप उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको थियो । अस्पतालमा पनि अनसनमा बसेका चौधरीको अवस्था झन झन बिग्रिँदै गइरहेको छ ।
राजपा नेपालले सरकारमा जाने विषयमा यसलाई नै प्रमुख मुद्दा बनाएको छ । राजपा नेपालका नेताहरुले आज पनि यसै विषयमा प्रधानमन्त्री केपी ओलीसँग वार्ता गरेका थिए । प्रधानमन्त्री ओलीको निर्देशनमा गृहमन्त्री थापा चौधरीलाई भेट्न गएका हुन् ।

प्रतिक्रिया दिनुहोस