आज क्रिसमस : इसाइ धर्मावलम्बीहरुले धुमधामसँगै मनाउदैं

सफल खबर संवाददाता

शुक्रबार, १० पुस २०७७, ०८ : ४८
आज क्रिसमस : इसाइ धर्मावलम्बीहरुले धुमधामसँगै मनाउदैं

काठमाडौं । इसाइ धर्मावलम्बीहरुको मुख्य पर्व  क्रिसमस आज देशभर धुमधामका साथ मनाईदै छ । । विश्वभरका इसाइ धर्मावलम्बीले आजको दिन यो पर्व मनाउने गर्छन् । येशु ख्रिष्टको जन्मदिनको अवसर पारेर हरेक वर्ष डिसेम्बर २५ तारिखका दिन क्रिसमस मनाउने गरिन्छ ।

कोरोनाका कारण क्रिसमसमा सामाजिक दूरी कायम गरेर मनाउन विश्व स्वास्थ्य संगठनले आग्रह गरेको छ । क्रिसमसमा उपहार आदानप्रदान, सामाजिक तथा पारिवारिक जमघट साथै चर्चमा भेला भएर सामूहिक प्रार्थना गर्ने गरिन्छ ।

पछिल्ला केही वर्ष यता यो पर्व नेपालमा पनि धुमधामसँग मनाउन थालिएको छ । क्रिसमसको अवसर पारेर कतिपय पर्यटकिय गन्तव्यमा विशेष कार्यक्रम नै गरिदैं आएको छ । 

क्रिसमसका अवसरमा शुभकामना दिदै राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक उत्सव एवं चाडपर्वले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्भाव, सहिष्णुता र ऐक्यबद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् ।

प्रतिक्रिया दिनुहोस