सल्लाहकारले पनि छोडे बादलको साथ

सफल खबर संवाददाता

विहीबार, ०९ पुस २०७७, १६ : २५
सल्लाहकारले पनि छोडे बादलको साथ

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार सूर्य सुवेदी पथिक प्रचण्ड माधव समूहको नेकपामा आएका छन् । उनले बिहीबारदेखि आफूले बादलसँगको साथ छाडेको जानकारी दिएका छन् । 

उनले फेसबुकमा लेखेका छन्– ‘गृहमन्त्री रामबहादुर थापा बादलको सचिवालय र उहाँको राजनीतिक सल्लाहाकारको भूमिकामा आजबाट राजनीतिक र नैतिक दृष्टिले नरहेको जानकारी गराउंँछु।’

बादल बिहीबार भने ओली समूहको बैठकमा सहभागी भएका थिए, त्यसलगत्तै पथिकले सामाजिक सञ्जालमा आफू गृहमन्त्रीको सल्लाहकार नरहेको जनाएका थिए । 

प्रतिक्रिया दिनुहोस