रहेनन् गाडी बोक्ने जिउँदा  इतिहास

पत्रपत्रिकाबाट

विहीबार, ०९ पुस २०७७, ०७ : ४७
रहेनन् गाडी बोक्ने जिउँदा  इतिहास

काठमाडौं । त्रिभुवन राजपथ बन्नुअघि मकवानपुरको उत्तरी क्षेत्रका फाखेल, तसर्पु, मार्खु, खडपु, चित्लाङमा बलिया तन्नेरीको खोजी सुरु भयो ।

भीमफेदीबाट गाडी बोक्न नाइकेहरूको रोजाइमा पर्थे, कम्तीमा ६ फिट उचाइ भएका बलिया युवक । हक्की स्वभावका हिराबहादुर घलानलाई नाइकेले पत्याए । उसै पनि उनको उचाइ ६ फिट एक इन्च थियो । उनै घलानको ९१ वर्षको उमेरमा मंगलबार राति निधन भएको छ ।

त्रिभुवन राजपथ निर्माण हुनुअघि भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्‍याउनेमध्ये एक मात्रै जीवित थिए उनी । थाहा नगरपालिका–५ निवासी उनी चार वर्षयता पक्षाघात रोगबाट पीडित थिए । स्थानीय जनप्रतिनिधि चमेली वाइबाले एउटा इतिहासको अन्त्य भएको बताइन् । कान्तिपुरमा खबर छ ।

प्रतिक्रिया दिनुहोस