पर्यटन प्रवर्द्धन गाेष्ठी सुरु

शुक्रबार, ०२ चैत्र २०७४, १४ : ४४
पर्यटन प्रवर्द्धन गाेष्ठी सुरु

भरतपुर: नेपाल र भरतकाे पर्यटनलाई प्रवर्धन गर्ने उदेश्यले अायाेजना गरिएकाे गाेष्ठी शुक्रबार नारायणगढमा सुरु भएकाे छ । भरतपुर महानगरपालिका र भारतीय महावाणिज्य दूतावास वीरगञ्जले शुक्रबार नारायणगढमा संयुक्तरुपमा नेपाल भारत द्विपक्षीय पर्यटन प्रवद्र्धन गोष्ठी आयोजना गर्दैछन् । गाेष्ठीले नेपाल र भारतका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने विश्वास लिईएकाे छ ।
‘नेपाल र भारतबीच रहेका प्राकृतिक, साँस्कृतिक, धार्मिक, कृषि तथा स्वास्थ्यसँग सम्बन्धित पर्यटन क्षेत्रलाई संयुक्त प्रवद्र्धन गर्ने लक्ष्य लिईएकाे अायाेजककाे भनाई छ । उद्योग बाणिज्य सघकाे सभा हलमा कार्यक्रम जारी छ ।कार्यक्रम  ३ दिनसम्म चल्ने अायाेजकले जनाएकाे छ ।

प्रतिक्रिया दिनुहोस