बन्दीबीच झडप, छ कैदीको मृत्यु

एजेन्सी

शुक्रबार, ०२ चैत्र २०७४, १० : ०८
बन्दीबीच झडप, छ कैदीको मृत्यु

लापाज । बोलिभियाको एक कारागारमा कैदीहरुबीच बुधबार भएको झडपमा छ व्यक्तिको मृत्यु हुनुका साथै अन्य २० जना घाइते भएका छन् ।

अधिकारीहरुले बुधबार जानकारी दिएअनुसार बोलिभियाको पूर्वी सहरमा सान्ता क्रुजमा रहेको पल्मासोला जेलमा सो झडप भएको थियो ।  (रासस/सिन्ह्वा)

सो जेलमा निरीक्षणगरी लागूऔषध, हातहतियार र मदिरालगायतको प्रयोगमा कडा प्रतिबन्ध गरिएको उपगृहमन्त्री जोसे लुइस क्युइरोगाले जानकारी दिनुभएको छ ।

यस घटनामा परी छ प्रहरी अधिकारी र १८ जना कैदी घाइते भएका प्रहरी प्रमुखले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस