सेनेगलमा सैनिक विमान दुर्घटना, छको मृत्यु

एजेन्सी

शुक्रबार, ०२ चैत्र २०७४, ०९ : ५९
सेनेगलमा सैनिक विमान दुर्घटना, छको मृत्यु

डकार ।  सेनेगलको दक्षिणी भागमा बुधबार भएको एक विमान दुर्घटनामा परी कम्तीमा छ व्यक्तिको मृत्यु भएको छ ।

यस घटनामा परी अन्य १४ जना घाइते भएका छन् । चालकदलका सदस्यसहित २० यात्रु सवार रहेको सो हेलिकोप्टर तटीय क्षेत्र मिस्सीराहस्थित म्याङ्गरोभे जङ्गलमा खसेको जनाइएको छ ।

यस हेलिकोप्टरका चार चालक दलका सदस्यसहित २० यात्रु रहेका सैनिक प्रवक्ताले एएफपी समाचार समितिलाई बताउनुभएको छ ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार उद्धारकर्ताले छ व्यक्तिको मृत्यु भएको जानकारी दिएका छन् । यस घटनामा परी घाइते भएका १४ जनको क्षेत्रीय अस्पताल काओलकमा उपचार भइरहेको र तीमध्ये तीन व्यक्तिको अवस्था गम्भीर रहेको जनाइएको छ । यस दुर्घटनाको कारण अनुसन्धानरत रहेको जनाइएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस