भारी हिमपातका कारण आवागमन अस्तव्यस्त

एजेन्सी

शुक्रबार, ०२ चैत्र २०७४, ०९ : ५७
भारी हिमपातका कारण आवागमन अस्तव्यस्त

सिङयाङ, चीन । चीनको उत्तरपूर्वी प्रान्त लियाओजिङमा बुधबार रातिबाट सुरुभएको भारी हिमपातको कारण हवाई उडान स्थगित भएका छन् ।

यसका साथै विभिन्न राजमार्ग पनि अवरुद्ध भएको अधिकारीले जनाएका छन् ।

लियाओजिङ प्रान्तको प्रायःसबै राजमार्ग र विमानस्थलमा बुधबार साँझबाट नै भारी हिमपात भएको प्रान्तीय मौसम विज्ञान निकायले जानकारी दिएको छ ।

सो निकायकाअनुसार यस प्रान्तको १२ वटा सहरमा भारी हिमपातका कारण सडकमा ननिस्किन सर्वसाधारणका नाममा सूचना जारी गरिएको छ ।

कम्तीमा २९ वटा राजमार्ग र दुइवटा विमानस्थल पूर्ण र आंशिकरुपमा बन्द गरिएको सरकारी अधिकारीले जानकारी दिएका छन् । (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस