संसद विघटन आकस्मिक होइन : प्रधानमन्त्री ओली

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, १५ : ४१
संसद विघटन आकस्मिक होइन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको निर्णय आकस्मिक नभएको बताएका छन् । उनले राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको बताए । 

सोमबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जननिर्वाचित सरकारलाई असहयोग र घेराबन्दी गरिएपछि आफ्ना सामु जनतासामु जानु बाहेकको अर्को विकल्प नभएको तर्क गरे ।  जसअनुसार हिजो प्रतिनिधिसभाको विघटन गरेर वैशाखमा निर्वाचन गर्ने तय भएको उनको भनाइ छ । 

‘संसद विघटन अप्रत्यासित र आकस्मिक जस्तो देखिएपनि राष्ट्रिय राजनीति र पार्टीभित्रकै केही नेताको जनअपेक्षा विपरितका गतिविधिका कारण यो अवस्था सिर्जना भएको हो’, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस