टर्कीका सञ्चारकर्मीद्धारा जेलमा रहेका सहकर्मीको समर्थनमा प्रदर्शन

एजेन्सी

शुक्रबार, ०२ चैत्र २०७४, ०९ : ५५
टर्कीका सञ्चारकर्मीद्धारा जेलमा रहेका सहकर्मीको समर्थनमा प्रदर्शन

इस्तानबुल, टर्की । टर्कीका सञ्चारकर्मीको एक समूहले जेलमा विगत ५०० दिनदेखि जेल जीवन विताइरहेका प्रतिपक्षी दलको निकट मानिने दैनिक पत्रिकाको अध्यक्षलगायत केही सहकर्मीको समर्थनमा बिहीबार प्रदर्शन गरेको छ ।

टर्कीको सरकारले गत शुत्रबार कमहुरियत दैनिकका प्रधान सम्पादक मुरत सबुन्सु तथा खोज पत्रकारिता गर्दै आएका अहमेत सिकलाई एक बर्षपछि जेलमुक्त गरेपनि प्रतिपक्षी दल निकट मानिने दैनिकका अध्यक्ष अकिन अतालेले बुधबार जेलका ५०० दिन विताउनुभएको छ ।

कमहुरियतका १७ जनालाई जेल बाहिरैबाट सन् २०१५ मा भएको असफल राज्य विद्रोहमा सघाएको आरोपमा मुद्दा चलाइराखेको छ । वरिष्ठ सञ्चारकर्मी सबुन्सु र सिकलाई पनि जेलबाट रिहा गरिएपनि उहाँहरूमाथि मुद्दा चलाइराखिएको छ । टर्कीका पत्रिकाले बिहिबारको अङ्कमा अन्यायका ५०० दिन भन्ने शीर्षकमा सम्पादकीय लेखी सरकारको विरोध गरेका छन् ।
अताले लगायतका केही सञ्चारकर्मी विरुद्ध आतङ्कवाद सम्बन्धि अपराध गरेको आरोप लगाइएको छ । यदि मुद्दा खेपिरहेका सञ्चारकर्मीमाथिको आरोप यहाँको अदालतले ठहर गरेमा उनीहरूलाई ४३ बर्षको जेल सजायँ हुन्छ ।
इश्तानवुलको मुख्य ‘कागलायन’ अदालतबाहिर हालै रिहा भएका सञ्चारकर्मीसहित उनीहरूको पक्षमा रहेका वकीलहरूले शान्तिपूर्वक प्रदर्शन गरेका थिए । उनीहरूले पत्रकारिता गर्नु अपराध नभएको जिकिर गर्दै आफ्नो कलम निरन्तर चलाइरहने बताएका छन् ।  (रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस