प्रदर्शनकारीबाट खतरा हुनसक्ने भन्दै शीतलनिवास र बालुवाटारमा  उच्च सुरक्षा

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, ११ : २७
प्रदर्शनकारीबाट खतरा हुनसक्ने भन्दै शीतलनिवास र बालुवाटारमा  उच्च सुरक्षा

काठमाडौं । संसद् विघटनसँगै उत्पन्न हुनसक्ने परिस्थितिलाई मध्यनजर गर्दै राष्ट्रपतिको शीतलनिवास र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा उच्च सुरक्षा सकर्तकता अपनाइएको छ ।

हिजो (आइतबार) प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गर्दै निर्वाचन मितिसमेत घोषणा गरेकी थिइन् ।

प्रधानमन्त्री र राष्ट्रपतिको कदमको विरोधमा हिजोबाटै राजधानीमा प्रर्दशन सुरु भएको छ । प्रदर्शनकारीबाट खतरा हुनसक्ने भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको एक उच्च सुरक्षा अधिकारीले बताए । उनले भने, “विगतमा पनि ती क्षेत्र हाम्रो सुरक्षा घेरामै हुन्थ्यो । हिजोबाट संख्या बढाएका छौं । यसबाहेक सूचना संकलन, सो क्षेत्रमा हुनसक्ने प्रदर्शनप्रति पनि हामी सचेत भएका छौं ।”

राष्ट्रपतिले संसद् विघटन गरेसँगै राजधानीसहित देशभर चारवटै सुरक्षा निकायलाई ‘हाइ अलर्ट’मा राखिएको छ । 

प्रतिक्रिया दिनुहोस