प्रधानमन्त्री ओली र राष्ट्रपतिको कदम बिरुद्ध सर्वोच्चमा तिनजना कानुनविदले रिट दायर गर्दै

सफल खबर संवाददाता

सोमबार, ०६ पुस २०७७, ११ : ०७
प्रधानमन्त्री ओली र राष्ट्रपतिको कदम बिरुद्ध सर्वोच्चमा तिनजना कानुनविदले रिट दायर गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेपछि उक्त कदम खारेजीको माग गर्दै आज सर्वोच्चमा रिट दायर गर्ने तयारीमा कानुनविदहरु जुटेका छन्. । रिट दायर गर्नेमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपाने, अधिवक्ता लोकेन्द्र केसी, केशरजंग केसी लगायत रहेका छन् । 

प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधानको मर्म विपरित कदम चालेपछि न्यायिक ढोका ढक्ढक्याउनु परेको उनीहरुको भनाई छ । तीन वटा रिट निवेदन आएका छन् । प्राविधिक तयारी पुगेर आएका रहेछन् भने आज दर्ता हुन्छन्’, सर्वोच्च अदालतका सञ्चारविज्ञ किशोर पौडलेले बताए ।

हिजै रिट निवेदन बुझाइ सकेको अधिवक्ता लोकेन्द्र ओली दर्ताका लागि सर्वोच्च परिसरमै छन् । उनका अनुसार अहिले निवेदनका संस्या ५ पुगिसकेको छ । ‘साथीहरुले अरु पनि रिट आउँदैछन् एक छिन पर्खेर सबै एकै पटक दर्ता गरौँ भनिरहनु भएको छ । त्यसैले हामी पर्खिरहेका छौँ’, अधिवक्ता ओलीले भने ‘रिट आज दर्ता भएर यसको सुनुवाई भोलिबाटै सुरु होला ।’ प्रधानमन्त्री र राष्ट्रपतिको कदम बिरुद्ध हिजै रिट दायर गर्ने तयारी भए पनि समय अभावका कारण रिट आज दर्ता हुने भएको छ । 


 

प्रतिक्रिया दिनुहोस